घर गएका ३ सय ४१ मध्ये ३४ को मात्र पिसिआर नेगेटिभ

दैलेख कोरोनाको रेडजोनमा परेको छ । केन्द्र सरकारले दैलेखलाई रेडजोन घोषणा गरेपनि दैलेखमा भने अवस्था निकै सामान्य बनाइएको छ । कोरोना संक्रमितहरुको पहिलो पटकको स्वाब संकलनको रिपोट नआउँदै तातो झोल खानुहोला सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्नुहोला भन्दै धेरैलाई घर पठाईएको छ । यो रहर नभएर बाध्यता भएको जिल्लाका सुरक्षा निकाय र स्वास्थ्य कर्मीहरुको भनाई छ ।
क्वारेन्टाइन बस्ने अवधि १४ दिन काटेकाहरुमा कुनै लक्षण नदेखिएपछि र स्वाब संकलन गरेर रिपोट पोजेटिभ आएर थप १४ दिन काटेपछिपनि कुनै लक्षण नदेखिएका हरुलाई अहिले धमाधम घर पठाइएको छ । कतिपयले हाम्रो पिसिआरको पहिलो रिपोर्ट आएपछि घर जान्छौं भन्दा पनि मन्त्रालयको परिपत्र यस्तै छ भन्दै घर पठाइएको हो ।
कोरोना बिपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्वास्थ्यमन्त्रालयको गाइडलाइनका आधारमा घर पठाएको बताएका छन् । क्वारेन्टाइनको अवधि पार गरेका र कुनैपनि लक्षण नदेखिएकाहरुलाई घर पठाएका छौं । सबैले नजिकैको वडाको स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा बस्ने सहमतीपत्रमा हस्ताक्षर गरेपछि घर पठाइएको हो ।
घर गएका ३ सय ४१ मध्ये
३४ को मात्र पिसिआर नेगेटिभ

दैलेखका जति धेरै संक्रमणको दर बढेको छ उत्तिकै धेरै कोरोना सन्चो भएर घर गएको भन्ने स्वास्थ्य सेवा कार्यालय दैलेखको तत्थ्याँकले देखाउँछ । कुल संक्रमितको संख्या ७ सय १० मध्ये ३ सय ४१ जना घर फर्केका छन् यसमध्ये पहिलो पटक पिसिआर जाँच गरेर पोजेटिभ भएपछि आइसुलेसन अस्पतालमा बसेका मध्ये ३४ जनाको मात्र दोस्रो जाँचमा नेगेटिभ भएर घर फर्केका हुन भने बाँकी ३०७ जना १५ देखि २० दिनसम्म अस्पतालमा बस्दापनि कुनै लक्षण नदेखिएको , स्वास्थ्य मन्त्रालयको मापदण्डलाई आधार मान्दै कोरोना बिपत व्यवस्थापन समितिको निर्णय गरेपछि उनिहरु घर गएका हुन् ।
पिसिआर जाँचका लागि सुर्खेत र जुम्ला स्वाब संकलन गरेर पठाएको २० दिन पछि रिपोट आउन थालेपछि जिल्लाका स्वास्थ्यकर्मीहरुको पनि जाँगर मरेको छ ।
नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले दिएको जानकारी अनुसार नगरपालिका भित्र मात्रै २ सय २ जना संक्रमित मध्ये १ सय ८८ जनाको पुनः पिसिआर रिपोर्ट चेक नगरेरै घर पठाईयो ।
उहाँहरुलाई कुनैपनि लक्षण नदेखिएपछि बिपद् समितिको निर्णयका आधारमा पठाइएको हो । पुनः जाँच गरेर पठाएको भए ढुक्क हुनेथियो तर ढुक्क हुने अवस्था नभएको उनको प्रतिक्रिया छ ।

भुषको आगो हुन्छ भन्दा
हाम्रो कुरा सुनिएनः समन्वय प्रमुख थापा
जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुख प्रेम बहादुर थापाले सरकारले निर्णय गरेपनि कोरोना संक्रमित देखिएकाहरुको कम्तिमा एकपटक पिसिआर चेक गरेर रिपोर्टका आधारमा घर पठाऊँ भनेकै हौं । दैलेखमा दिन गनेर लक्षण नभएको भन्दै घर पठाईएको छ यसले भुषको आगो झै रुप लिन सक्ने आशंका पनि त्यतीकै भएको छ । आशा गरौं सबैलाई नेगेटिभ भएको होस् ।
अव जिल्लामा पिसिआर मेसिन जडानको तयारीमा छ केहीदिनभित्रबाट यस अघिका कोरोना संक्रमितहरु जसको पुनः पिसिआर जाँच गरिएको छैन् एकपटक सबैको जाँच गर्नुपर्ने माग राखेका छौं । सबैको नेगेटिभ आयो भने राम्रै भो ः पुनः पोजेटिभ आयो भने त्यसको जिम्मा सम्वन्धित निकायले नै लिनुपर्ने देखिन्छ ।
ल्याबको फर्म गलत परेपछितत्थ्याङ्क पनि तलमाथि
स्वास्थ्य कार्यालय दैलेखले गत असार ४ गते सार्वजनिक गरेको विवरण अनुसार कोरोना संक्रमितको संख्या ७ सय २१ थियो । असार ५ गते शुक्रबारको विवरणमा ३२ जना घटेर ६ सय ८९ भयो ।
असार ५ गतेको विवरण अनुसार नारायण नगरपालिकामा १ सय ९९ जना, दुल्लु नगरपालिकामा ७४, जना चामुण्डामा ३ जना, आठबिसमा २१ जना ठाटिकाध गाउँपालिकामा ३ जना छन् । यस्तै भैरवीमा १२ जना, महाबुमा १ सय ५० जना, नौमूलेमा १ सय ४१ जना, भगवतीमाईमा ११ जना, डुंगेश्वरमा ६८ जना, गुराँसमा ७ जनासहित ६ सय ८९ जनाको तत्थ्याँक सार्वजनिक भयो । ३२ जना कोरोना संक्रमित तथ्यांकबाटै हराए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले स्वाब कलेक्सन गर्दाको समयमा ल्याब फर्म भर्दा मिस्टेक भएकोले यस्तो समस्या आएको बताएका छन् । दोहो¥यार स्वाब लिएको मान्छेको नयाँ कोर्ड हालिएकाले मिस्टेक भएको र पछिल्लो दिन सच्याइएको बताए । आईतवार सम्मको तत्थ्याँकमा पुनः ७ सय १० जना कोरोना संक्रमित पुगेका छन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,संचारकर्मी र
क्वारेन्टाइनमा खटेकाहरुलाई कोरोना संक्रमण
दैलेखमा कोरोना संक्रमित र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि भान्सामा खटिएका स्थानीय, उपचारमा खटिएका स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीहरुलाई समेत कोरोना संक्रमण देखिएको छ । यसले दोस्रो स्टेपमा कोरोना संक्रमण पुगिसकेको पुष्टि गरिएको भएपनि स्थानीय राजनीतिक दल र सर्वसाधारहरु भने सबैले गरेको लापरवाहीका कारण कोरोना समुदायसम्म पुगिसकेको अनुमान गर्न थालेका छन् ।
सम्भावित सबैको पुन जाँच गर्नुपर्छः सांसद शर्मा
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । सरकारले रेडजोन घोषणा गरेको छ । समुदाय सम्म पुगिसकेको आशंका हामिले पनि गरेका छौं । केहीदिनभित्र धमाधम पिसिआर जाँच गर्ने कार्य तीब्र बनाउँदै संभावित खतरासँग जुध्ने नयाँ रणनीतिहरु जिल्लामा तय गर्ने र आफुपनि एक महिनासम्म दैलेखमै बस्ने तयारी गरेर आएको प्रतिनिधि सभाका सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार